PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

'दबंग ३'को 'हुड हुड दबंग' गीतमा हिन्दू जनजागृति समितिको आपत्ति



'दबंग ३'को 'हुड हुड दबंग' गीतमा हिन्दू जनजागृति समितिको आपत्ति
फोटो : T-Series/Youtube ।

मुम्बई : बलिउड स्टार सलमान खान अभिनित फिल्म रिलिज अघि नै विवादमा फसेको छ। फिल्मको शिर्ष गीत 'हुड हुड दबंग'ले हिन्दू भावनालाई ठेस् पुर्‍याउने प्रयास गरेको भन्दै समितिले निर्माण टिमलाई आरोप लगाएको हो

हिन्दू जनजागृति समितिले 'दबंग ३'लाई सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनको सर्टिफिकेट नदिन समेत आग्रह गरेको छ।

उक्त गीतमा ऋषिहरुले सलमानसँग आपतिजनक नृत्य गरेको भन्दै समितिले विरोध गरेको हो। गीतमा सलमान ऋषिमुनीहरुसँग नदीको किनारमा नाचिरहेको दृश्य देख्न सकिन्छ। जहाँ उनी भगवान शिव, विष्णु र ब्रम्हाको भेषमा देखिएका तीन जनासँग आशिर्वाद लिन्छन्।

'दबंग ३' फिल्म 'दबंग' को तेस्रो सिरिज हो। प्रभु देवा निर्देशित यस फिल्ममा सलमानसँगै सोनाक्षी सिन्हाको मुख्य भूमिका रहेको छ।

तेस्रो सिरिजसम्म आइपुग्दा पनि फिल्ममा सलमान पुलिसकै भेषमा देखिएका छन्। 'दबंग ३' एक्सन र कमेडी जनरामा निर्माण भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell