PahiloPost

Sep 13, 2026 | २८ भदौ २०८३

'थ्याङक्स गिभिङ' मा ट्रम्प पुगे अफगानिस्तान



'थ्याङक्स गिभिङ' मा ट्रम्प पुगे अफगानिस्तान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अचानक अफागनिस्तान पुगेका छन्।  'थ्याङक्स गिभिङ होलिडे' मा अफानिस्तान पुगेका ट्रम्पले त्यहाँ तैनाथ अमेरिकी सैनिकहरुलाई भेटेका छन्।

बाग्राम सैनिक क्याम्पमा अमेरिकी सैनिकहरुलाई सम्बोधन गर्दै ट्रम्पले तालिबानले वार्तामार्फत सहमति गर्न खोजिरहेको बताएका छन्। अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता गराउने घोषणा गरेका ट्रम्पको यो 'सरप्राइज भिजिट' लाई अर्थपूर्ण रुपमा हेरिएको छ। अफगानिस्तानमा करिब १३ हजार अमेरिकी सैनिक रहेका छन्।

पहिलोपटक अफगानिस्तान पुगेका ट्रम्पले अफगानी राष्ट्रपति असरफ घानीसँग पनि भेट गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell