PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फ्राइडे रिलिज: 'सरौतो' र 'लभ यु हमेशा' सँगै 'कमान्डो ३' प्रदर्शनमा



फ्राइडे रिलिज: 'सरौतो' र 'लभ यु हमेशा' सँगै 'कमान्डो ३' प्रदर्शनमा

काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्। 'सरौतो' र 'लभ यु हमेशा' प्रदर्शनमा आएका हुन्। त्यसै गरि बलिउड फिल्म 'कमान्डो ३' पनि आजबाट प्रदर्शनमा आएको छ।

फिल्म 'सरौतो'लाई निर्देशक हरि हुमागाईले निर्देशन गरेका हुन्। यो फिल्ममा अभिनेत्री सुमी मोक्तान मार्सल आर्ट खेलाडीको रुपमा देखिएकी छिन्। फिल्मको लागि सुमीले दुई वर्षको मार्सल आर्टको तालिम समेत लिएकी थिइन्। सरौतोमा सुमीसँगै सन्नी सिंह, विजय लामा, धिरेन शाक्य लगायतको कलाकारको अभिनय रहेको छ।

त्यस्तै लभ स्टोरी जनारामा निर्माण भएको फिल्म 'लभ यु हमेशा' लाई भाष्कर प्रधानले निर्देशन गरेका हुन्। फिल्ममा ऋचा सिंह, शिशिर राणा, गोपाल नेपाल, प्रमिला लगायतको मुख्य भूमिका रहेको छ। यो फिल्ममा ययवन गुरुङको लगानी रहेको छ।

एक्सन थ्रील्रर जनारामा निर्माण भएको बलिउड फिल्म 'कमान्डो ३' लाई आदित्य दत्तले निर्देशन गरेका हुन्। यो फिल्ममा विद्यत जामवाल, अदा शर्मा, गुलशन देवइया लगायतको अभिनय रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell