PahiloPost

Oct 24, 2025 | ८ कात्तिक २०८२

माल्दिभ्सका पूर्व राष्ट्रपति यामीनलाई ५ वर्ष जेल सजाय



माल्दिभ्सका पूर्व राष्ट्रपति यामीनलाई ५ वर्ष जेल सजाय
AHMED SHURAU/AFP

भ्रष्टाचार गरेको आरोपमा प्रहरी अनुसन्धानमा रहेका माल्दिभ्सका पूर्व राष्ट्रपति अब्दुल्ला यामीनलाई अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ।

माल्दिभ्सको फौजदारी अदालतका न्यायाधीश अलि रशिदको नेतृत्वमा रहेको पाँच न्यायाधीशको इजलासले  भ्रष्टाचारको अभियोगमा ५० लाख अमेरिकी डलर बराबरको जरिवानाका साथै पाँच वर्षको जेल सजाय सुनाएको हो। उनीमाथि अनुसन्धानलाई भ्रमित पार्न गलत बयान दिएको आरोप समेत लगाइएको थियो।

विभिन्न टापुहरूमा होटल संचालन गरेर भाडामा दिने सम्झौता गर्दा निजी कम्पनीमार्फत यामीनले १ लाख अमेरिकी डलर सरकारी रकम प्राप्त लिएको आरोप उनीमाथि लगाइएको थियो। अदालतले उक्त आरोपमा यामीनलाई दोषी ठहर गरेको हो। यद्यपि, यामीनले भने रकम लिएको अस्वीकार गर्दै आएका छन्।

यामीनलाई जेल सजाय सुनाइएपछि उनका समर्थकहरूले विरोध प्रदर्शन गरेका थिए। सुरक्षा अवस्था बिग्रिन नदिन माल्दिभ्सका शहरी क्षेत्रमा धेरै संख्यामा प्रहरी परिचालन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell