PahiloPost

Jul 4, 2025 | २० असार २०८२

लन्डन ब्रिजमा 'आतंककारी घटना', चक्कु प्रहार गर्ने व्यक्ति आतंकवादी मुद्दामा दोषी



लन्डन ब्रिजमा 'आतंककारी घटना', चक्कु प्रहार गर्ने व्यक्ति आतंकवादी मुद्दामा दोषी
फोटो : @GEORGEBARDEN_

लन्डन : बेलायतको लन्डन ब्रिजमा शुक्रवार राति भएको चक्कु आक्रमणमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक पुरुष र एक महिला रहेको र तीनजना घाइते भएको अधिकारीहरुले बताएका छन्।

अवस्था नियन्त्रणमा लिनका प्रहरीले गोली प्रहार गर्दा चक्कु आक्रमण गर्ने संदिग्‍ध व्यक्तिको पनि मृत्यु भएको थियो। २८ वर्षीय उस्मान खान व्यक्ति आतंकवाद सम्बन्धि अपराधमा दोषी ठहर भइ कारागार बसेर रिहा भएको बताइएको छ। २०१२ मा कारागार चलान भएका उनी गत वर्ष रिहा भएका थिए।

प्रहरीले लन्डन ब्रिजमा भएको आक्रमणलाई आतंककारी घटनाको संज्ञा दिएको छ। प्रहरीले खानको निवासमा खानतलासी गर्दै उनको कल रेकर्डहरुको अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell