PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

उपनिर्वाचनमा मतदान जारी : १ बजेसम्म ५० प्रतिशत मत खस्यो



उपनिर्वाचनमा मतदान जारी : १ बजेसम्म ५० प्रतिशत मत खस्यो

काठमाडौं : प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि आज उपनिर्वाचन भइरहेको छ। बिहान ७ बजेदेखि सुरु भएको उपनिर्वाचनमा मत दिन मतदाताहरु मतदान केन्द्र पुगिरहेका छन्। 

तीनै तहमा भइरहेको उपनिर्वाचनमा आज दिउँसो १ बजेसम्म करिब ५० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले  ५२ रिक्त पदका लागि भइरहेको निर्वाचनमा झण्डै ५० प्रतिशत मत खसिसकेको बताए।

आयोगका अनुसार कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदका लागि भइरहेको उपनिर्वाचनमा मध्यान्हसम्म करिब ३० प्रतिशत मतदान भएको छ। बिहान पोखराको एक मतदान केन्द्रमा बम विफोट हुँदा केही बेर मतदान रोकिएको थियो।  हाल भने सो स्थानमा मतदान जारी छ।

सो क्षेत्रका ८२ वटै मतदान केन्द्रमा शान्तिपूर्वक मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी बताए।

यस्तै, बागलुङ–२ (ख) र बडिगाड गाउँपालिका–२ मा अहिलेसम्म ३० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कूल ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा मतदान जारी रहेको हो ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell