PahiloPost

Jul 4, 2025 | २० असार २०८२

लिबियाले फर्काउन थाल्यो अवैध आप्रवासी



लिबियाले फर्काउन थाल्यो अवैध आप्रवासी
फोटो : REUTERS

त्रिपोली : युरोप प्रवेश गर्न खोज्ने क्रममा लिबियामा पक्राउ परेका १४० जना आप्रवासीलाई लिबियाले उनीहरुकै देश फर्काएको छ। फिर्ता हुनेहरुमा दक्षिण अफ्रिक्री राष्ट्र चाड र सुडानका नागरिक रहेको बताइएको छ। उनीहरुलाई दक्षिणी लिबियाको कुर्फा शहरबाट फिर्ता गरिएको अधिकारीहरुले बताएका छन्।

चाड र सुडानका सरकारसँग सल्लाह गरेर नै उनीहरुलाई फिर्ता गरिएको हो।

युरोप प्रवेश गर्न लिबिया हुँदै भूमध्यसागर पार गर्ने क्रम बढ्दो छ। विशेष गरी अफ्रिकी मूलका व्यक्तिहरु यसरी युरोप प्रवेश गर्ने गर्दछन्। असुरक्षित यात्राका कारण वर्षमा सयौं आप्रवासीहरुको मृत्यु हुने गरेको छ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार हाल ६ लाखभन्दा बढी अवैध आप्रवासी लिबियामा रहेका छन्। उनीहरुलाई तत्काल मानवीय सहायता आवश्यक रहेको पनि संगठनले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell