PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

'सात गाउँले जात्रा'मा नविन के भट्टराईको सांगीतिक प्रस्तुति



स्वेच्छा राउत

'सात गाउँले जात्रा'मा नविन के भट्टराईको सांगीतिक प्रस्तुति

कीर्तिपूर : कीर्तिपूरमा गायक नविन के भट्टराईको कन्सर्ट आयोजना हुने भएको छ। त्यहाँको 'सात गाउँले जात्रा'को अवसरमा उक्त सांगीतिक कार्यक्रम आयोजना गरिने भएको हो।

कीर्तिपुरको कला, संस्कृति, सम्पदा र संगीत जगेर्नाका लागि योगदान पुर्‍याउने हेतुले स्थापित 'सय नगां लजिलजि'को आयोजनामा कार्यक्रम हुन लागेको हो। आउँदो मंसिर १७ गते साँझ हुने कार्यक्रममा नविन के भट्टराईसँगै स्थानीय ब्यान्डहरु 'ज' र 'द मोरस'ले पनि प्रस्तुति दिने छन्।

सोही दिन नगाउँमा हुने बालकुमारी जात्रालाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक सरोज तुलाधारले जानकारी दिए।

मंसिर १८ गतेपनि नगाउँको लाछी टोलमा सांस्कृतिक एवं सांगीतिका कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell