PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कास्की २ बाट विद्या भट्टराई विजयी, खेमराजले ओढाए खादा



कास्की २ बाट विद्या भट्टराई विजयी,  खेमराजले ओढाए खादा

प्रतिनिधि सभा कास्की क्षेत्र नम्बर २ बाट विद्या भट्टराई विजयी भएकी छिन्। निकतम प्रतिद्वन्दी नेपाली कांग्रेसका खेमराज पौडेललाई ८ हजार बढी मतान्तरले पराजति गर्दै उनी विजयी भएकी हुन्।

विद्याले २४ हजार ३ सय ९४ मत प्राप्त गर्दै विजयी भएकी हुन्। यस्तै, नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९ सय ९१ मत ल्याए। उनी विजयी भएको औपचारिक घोषणा भने हुन बांकी छ। 

विजयी भएकी भट्टराई पौडेललाई खादा ओढाएर बधाई दिएका थिए।

यस क्षेत्रका प्रतिनिधि सभा सदस्य तथा तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि रिक्त पदपूर्तिको लागि उपनिवार्चन भएको हो। रविन्द्र अधिकारीले यस क्षेत्रमा गएको निवार्चनमा ८ हजार ५४६ मतान्तरले नेपाली कांग्रेसका देवराज चालिसेलाई पराजित गरेका थिए।

यस निर्वाचनमा तेस्रो स्थानमा समाजवादी पार्टीले १ हजार ९२२ मत प्राप्त गरेको छ। वैकल्पिक राजनीतिक पार्टीहरुले एक हजार मतसमेत ल्याउन सकेनन्। साझा पार्टीकी रजनी केसीले ९४२ मत प्राप्त गरिन्। राप्रपा (गाई)का रोम बहादुर भण्डारीले १ हजार १ सय ५३ मत  प्राप्त गरेका छन्। राप्रपा संयुत्तकी गंगा मल्लले ९५ मत ल्याएकी छन्।

त्यस्तै टेक भण्डारी माले ५१ मत ल्याएका छन्। विवेकशिल नेपाली दलकी जमुना शर्माले ७७ मत प्राप्त गरिन्। पुर्णबहादुरको ३५, रीहाज गुरुङ १३०, योग प्रसाद शून्य, उमनाथ गौतम १, कमलजंग कुँवर ६१, दिपक रेग्मी ५, नवराज बास्तोला १८, रन बहादुर दमै ४, लक्ष्मी भुजेल ४, सुनील बहादुर कोइराला ११, सुनील भुषाल ४ तथा चन्द्र बहादुर रानामगरले २८ मत प्राप्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell