PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

अस्पतालबाट प्रधानमन्त्री ओलीको भिडिओ सन्देश : मेरो स्वास्थ्यमा सुधार भइरहेको छ



अस्पतालबाट प्रधानमन्त्री ओलीको भिडिओ सन्देश : मेरो स्वास्थ्यमा सुधार भइरहेको छ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था सुधार भइरहेको भिडियो मार्फत् बताएका छन्। प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा विभिन्न अड्कलबाजी भइरहेको बेलामा भिडियो सन्देशबाट ओलीले शल्यक्रियापछि पनि आफू हिँड्डुल गर्न सकेको बताएका हुन्। यस्तै उनले आइतबार सम्पन्न १३ औं सागको प्रत्यक्ष प्रशारण हेरेको भन्दै क्षेत्रीय मित्रता बढ्ने अपेक्षा व्यक्त गरे।

प्रधानमन्त्रीको सन्देश  :

एपेन्सिडाइटिस कसैलाई समय र सूचना दिएर आउने रोग होइन। यो अचानक आइलाग्छ। मलाई पनि अप्रत्यासित रुपमा आइलाग्यो। त्यसमा इन्फेक्सन भएछ र त्यो बाहिर फैलिएछ। त्यसमा मात्रै इन्फेक्सन सीमित भएको भए त्यसलाई निकालेर फाल्दा सजिलो हुन्थ्यो। बाहिर पनि फैलिएकाले त्यसको इन्फेकसनलाई पनि हटाउन पर्‍यो। त्यस कारण हप्ता दश दिन उपचारमा लाग्ने भयो।

तर, मेरो स्वास्थ्य राम्ररी अगाडि बढिरहेको छ। सुधार भइरहेको छ। एउटा मेजर अपरेसन पछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने भएको छु। समाचारहरु हेर्न सक्ने अवस्थामा छु।

हिजो मैले १३ औं सागको उद्घाटन समारोह पूरै हेरेंँ र हुन्छ सक्छ कि सक्दैन भन्ने भएको बेला समापन हुँदा खुशी लाग्छ। राष्ट्रपतिज्यूले उद्घाटन गरिदिनु भएकोमा र सहभागी भएकाहरुलाई धन्यवाद भन्न चाहन्छु। मैत्रीपूर्ण खेलबाट यसको इज्जत अघि बढाउन क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र साग क्षेत्रका खेलाडीहरु सबैमा आग्रह गर्दछु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell