PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

साग फुटबल : विदेशी प्रशिक्षकहरुको विरोध पछि तेस्रो पटक फेरियो खेल तालिका



साग फुटबल : विदेशी प्रशिक्षकहरुको विरोध पछि तेस्रो पटक फेरियो खेल तालिका

काठमाडौं : 'मैले प्रशिक्षकका रुपमा मेरा खेलाडीहरुलाई जोगाउनुपर्छ। दिनैपिच्छे खेल खेल्नु प्रोफेसनल होइन।'माल्दिभ्सको फुटलब टोलीका प्रशिक्षक पिटर सेगार्टले आइतबार दक्षिण एसियाली खेलकुदमा फुटबलको खेल तालिका प्रति असन्तुष्टी जनाउँदै भने।

सेगार्टले यसो भन्नुको कारण थियो तीन-चार खेल लगातार खेल्नु पर्ने खेल तालिका। आइतबार उनले त स्पस्ट यो 'प्रोफेसनल'  नभएको बताए। त्यस्तै आयोजक राष्ट्रबाट फुटबलको खेल तालिकामा हेरफेर गरिएको प्रति पनि उनी रुष्ट सुनिए।

सेगार्टको तर्कलाई समर्थन गरे श्रील‌ंकाका प्रशिक्षक एमएन पकिर अलीले। तीन खेल लगातार खेल्नु 'प्रोफेसनल अभ्यास होइन' भन्दै उनले आफ्ना खेलाडी घाइते भए के गर्ने भनेर आयोजकलाई प्रश्न तेर्साए।

एक खेलपछि खेलाडीलाई ४८ घन्टा आराम आवश्यक पर्ने फिफाको मान्यता भएपनि सागमा नेपालले भारतलाई कुरेर तालिका हेरफेर गर्नु परिपक्व नभएको बताए।

खेल तालिका हेरफेर गर्नुको कारण थियो – भारत।

पहिलो तालिकामा भारतको नाम पनि समावेश थियो। तर, अन्तिम समयमा भारतले आफ्ना खेलाडीहरु क्लबमा खेलिरहेका र फिफाको खेल तालिकामा दक्षिण एसियाली खेलकुद नरहेको जस्ता कारण देखाउँदै साग अन्तर्गत फुटबलमा सहभागिता नजनाउने बतायो।

त्यसपछि एन्फाले अर्को खेल तालिका निकाल्यो। नयाँ तालिका अनुसार कुनै पनि टिमले‘डे ग्याप’ पाएनन्। अर्थात सबै टोलीले लगातार खेल खेल्न पर्ने भयो।

सहभागी राष्ट्रहरुले आलोचना गरेपछि आयोजक पक्षले केही परिपक्वता देखाउने प्रयास स्वरुप तेस्रो पटक फुटबलको खेल तालिकामा परिवर्तन गरेको छ। खेलाडीहरुको 'इन्जुरी रिक्स' लाई मध्यनजर गर्दै आयोजकले फेरि तालिका परिवर्तन गरेको हो।

नयाँ तालिका अनुसार डिसेम्बर २ मा फुटबलका २ खेल हुनेछन्। जसमा पहिलो खेलमा बंगलादेश र भुटान खेल्नेछन् भने दोस्रो खेलमा माल्दिभ्स र श्रील‌ंका भिड्ने छन्।डिसेम्बर ३ मा माल्दिभ्स र श्रीलंका तथा नेपाल र भुटान भिड्ने छन्। त्यस्तै डिसेम्बर ४ मा नेपाल र श्रीलंका मात्र खेल्नेछन्। डिसेम्बर ५ मा भुटान र माल्दिभ्स तथा श्रीलंका र बंगलादेश भिड्ने छन्।

यो तालिका दोस्रो तालिका अनुसार नै हो। तालिका हेरफेर गरिएपनि सबै टोलीले लगातार दुई खेल खेल्नै पर्नेहुन्छ। उनीहरुले एक दिन भने रेष्ट पाउनेछन्।

डिसेम्बर ६ मा भने सबै टोलीहरुलाई रेष्ट दिइएको छ। यसअघिको तालिकाम यस दिन नेपाल र माल्दिभ्स खेल्ने थिए। यस दिन रेष्ट नदिइएको भए माल्दिभ्सले लगातार तीन खेल खेल्नुपर्ने हुन्थ्यो। 

यस्तै,परिवर्तित तालिका अनुसार डिसेम्बर ७ मा नेपालले माल्दिभ्सको सामना गर्दा श्रीलंकाले भुटानसँग प्रतिष्पर्धा गर्नेछ। डिसेम्बर ८ मा नेपाल र बंगलादेश खेल्नेछन्। फेरिएको तालिकाले नेपाली टोलीले लगातार दुई खेल खेल्न बाध्य भएको छ।  यस अघिको तालिकामा नेपालले ६ डिसेम्बरमा माल्दिभ्ससँग खेल्दा एक दिन रेष्ट गर्दै ८ डिसेम्बरमा बंगलादेशसँग खेल्ने थियो।

यसरी लिगमा प्रतिस्पर्धा गर्दै अंक तालिकामा शिर्ष दुई स्थान हासिल गर्ने टोलीले १० डिसेम्बरमा स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell