PahiloPost

May 26, 2020 | १३ जेठ २०७७

एक हजार घुससहित ट्राफिक प्रहरी पक्राउ 



एक हजार घुससहित ट्राफिक प्रहरी पक्राउ 

  • सुमित मिश्र-

जनकपुरधाम : धनुषाबाट एक जना ट्राफिक प्रहरी एक हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्। धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले ट्राफिक प्रहरीका प्रहरी नायव निरिक्षक नविन कुमार झालाई पक्राउ गरेको हो।

झाले ट्रिपर चालकसँग एक हजार घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको थियो। सई झाले ढुंगा तथा गिट्टी ढुवानीमा सहज गरिदिने भन्दैे ट्रिपर चालकसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालयले जनाएको छ।

ट्रिपर चालकसँग पटक-पटक पैसा माग्ने गरेपछि झाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालयमा उजुरी परेको थियो। सोही उजुरीको आधारमा अख्तियारको टोलीले अनुगमन गर्दा उनी घुससहित पक्राउ परेका हुन्। झालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेकोे जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell