PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

'झिंगे दाउ'को सेटबाट बाहिरियो आँचलको गाँउले 'लुक्स'



'झिंगे दाउ'को सेटबाट बाहिरियो आँचलको गाँउले 'लुक्स'

काठमाडौं : अभिनेत्री आँचल शर्मा यति बेला निकै चर्चामा छिन्। प्रेमी उदिप श्रेष्ठसँगको प्रेमको कारण चर्चामा रहेकी आँचल अहिले फिल्म 'झिंगे दाउ'को सुटिङमा व्यस्त छिन्।

हालै फिल्म 'झिंगे दाउ'को सेटबाट आँचलको लुक्स बाहिरिएको छ। सार्वजनिक तस्विरमा आँचल पछिल्ला फिल्महरु भन्दा निकै फरक गेटअपमा देखिएकी छिन्। उक्त तस्विरमा उनी गाँउले युवतीको गेटअपमा देखिएकी हुन्। 

सार्वजनिक तस्विरमा रातो गुन्यू चोलीमा सजिएकी आँचलको सिउदोमा सिन्दूर, घाँटीमा हरियो पोते, हातमा हँसिया र काँधमा डोको छ। 

ज्ञानेन्द्र देउजाको निर्देशन रहेको यस फिल्ममा आँचल शर्मा र मुकुन भुषालको मुख्य भूमिका रहनेछ। फिल्मको छायांकन भकुन्डेबेँसीमा भइरहेको छ। जसमा विष्णु कल्पितले छायांकन गरिरहेका छन्। झिंगेदाउमा प्रदीप भारद्वाजको पटकथा तथा संवाद रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell