PahiloPost

Dec 11, 2019 | २५ मंसिर २०७६

दक्षिण एसियाली खेलकुद : लन-टेनिसको टिम इभेन्टमा नेपालका दुवै टिम सेमिफाइनलमा



दक्षिण एसियाली खेलकुद : लन-टेनिसको टिम इभेन्टमा नेपालका दुवै टिम सेमिफाइनलमा

काठमाडौं : दक्षिण एसियाली खेलकुद अन्तर्गत लन-टेनिसमा नेपालका पुरुष र महिला दुवै टिम सेमिफाइनलमा पुगेका छन्।

सातदोबाटोस्थित लन-टेनिस कोर्टमा आज भएको क्वार्टरफाइनलको खेलमा नेपालले बंगलादेशलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो। नेपालले ३–० को सहज जित निकालेको छ। पुरुष सिंगल्समा नेपालका प्रणव खनालले मोहम्मद आलमगिरलाई ६–० र ६–१ मा हराए।

त्यस्तै संरक्षक बज्रचार्यले श्री अमोल रोयलाई हराए। पहिलो सेटमा २–६ को पराजय भोगेका संरक्षकले दोस्रो सेटमा ६–२ को जित निकाले। अन्तिम सेटमा रोय घाइते भएपछि प्रवणले जित निकाल्दै डबल्स अगावै नेपाललाई सेमिफाइनलमा पुर्‍याए।

डबल्समा नवीन पाइजा र प्रदीप खड्काको जोडीले सोझो सेटमा जित निकाल्दै नेपाललाई ३–० को जित दिलाए।

अब नेपालले भारतसँग प्रतिष्पर्धा गर्नेछ। भारतले भने बाई पाएर सोझै सेमिफाइनलमा स्थान बनाएको थियो।

पुरुषतर्फ भुटान पनि सेमिफाइनलमा पुगेको छ। भुटानले माल्दिभ्सलाई ३–० ले नै हरायो। सिंगल्सतर्फ पेमा नोर्बुले अबदुल्ला फजिललाई ७–६ (५), ५–५ (रिटायर्ड) को सेटमा हराए।

त्यस्तै तान्डिन वाङ्चुकले इग्नाज मन्सुरलाई ६–२ र ६–४ ले हराए।

डबल्समा निदुप ग्याछेन र पेमा नोर्बुको जोडीले नाजिफ हुसेन र इग्नाज मन्सुरको जोडीलाई ४–६, ६–४ र ७–६ (३) ले हराए। भुटानले सेमिफाइनलमा पाकिस्तानसँग खेल्नेछ।

यता पाकिस्तानले श्रीलंकालाई २–१ ले हरायो। सिंगल्सतर्फको पहिलो खेलमा अइसम उल हक कुरेसीले शर्मल दिसानायकेलाई ६–७ (५), ६–४ र ६–४ ले हराए। दोस्रो सिंगल्समा श्रीलंकाका दिनेश कान्तन थरंगराजले अकिल खानलाई ६–१ र ६–० ले हराउँदा बराबरी भयो।

डबल्सतर्फ भने मुहम्मद अबिद र मुजामिल मुर्ताजाको जोडीले सुरेन बालाचन्द्रन र निलाविरा चतुर्या डानिदुको जोडीलाई ६–३ र ६–३ ले हराएपछि पाकिस्तान पनि सेमिफाइनलमा पुगेको हो।

महिला टिम इभेन्टमा नेपाल र श्रीलंका सेमिफाइनलमा पुगेका छन्। नेपालले माल्दिभ्सलाई ३–० ले हरायो। सिंगल्समा सलोनी तामाङले आयानी मुसा कलिमलाई ६–४ र ६–० ले हराइन्। अर्को सिंगल्समा प्रेरणा कोइरालाले जिना अब्दुर रसिदलाई ६–१ र ६–३ ले पराजित गरिन्।

डबल्समा रायना शाह र प्रकृति श्रेष्ठको जोडीले रिफ्गा युसुफ नजिब र मारियम हस्मा हजिबलाई ६–३ र ६–३ ले हराइन्।

श्रीलंकाले बंगलादेशलाई ३–० ले हरायो। अनिका सिनेभिरत्नेले जरिन सुल्ताना जोलीलाई ६–२ र ६–३ ले हराइन्। त्यस्तै अञ्जलिका कुरेराले रिन्भी अक्थर तृप्तीलाई ६–० र ६–१ ले हराइन्। डबल्सतर्फ अलाना सेनेभिरत्ने र रुक्सिका विजसुर्यको जोडीले इशिता अफ्रोस र सुस्मिता सेबको जोडीलाई ६–३ र ६–१ ले हराए।



दक्षिण एसियाली खेलकुद : लन-टेनिसको टिम इभेन्टमा नेपालका दुवै टिम सेमिफाइनलमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell