PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अनुष्काको लण्डन 'अपडेट'



अनुष्काको लण्डन 'अपडेट'
फोटो : मिस वर्ल्ड नेपाल/फेसबुक।

काठमाडौं : 'मिस नेपाल वर्ल्ड २०१९' अनुष्का श्रेष्ठ यति बेला लण्डनमा छिन्। डिसेम्बर १४ तारिखमा हुने भनिएको मिस वर्ल्ड प्रतियोगिताको लागि अनुष्का लण्डन पुगेकी हुन्।

लण्डन पुगेसँगे उनले मिस वर्ल्डका हरेक गतिविधिहरु सामाजिक सञ्जाल फेसबुकमा र इन्टाग्राममार्फत सार्वजनिक गरिरहेकी छिन्।

हालै उनले लण्डनमा नेपाली दूतावासमा राजदूत डा दुर्गा बहादुर सुवेदीसँग भेटेर कुराकानी गरेकी छिन्। उनले सुवेदीसँग भेटेर नेपाल ब्रिटेनको सम्बन्धको इतिहास र मिस नेपालले आगामी 'भिजिट वर्ष २०२०'को लागि खेल्न सक्ने भूमिकाको बारेमा छलफल गरिन्।

 

उनले लण्डनमा पुगेर पनि नेपाल 'भिजिट वर्ष २०२०'को प्रचारप्रसार गरिरहेकी छन्। त्यसो त अनुष्काले मिस वर्ल्डमा हुने १५ वटा विभिन्न विधाको लागि तयारी गरिरहेकी छिन्।

जसमध्ये हालै 'हेड टु हेड च्यालेन्ज' सम्पन्न भएको छ। 'हेड टु हेड च्यालेन्ज'मा उनले नेपालको सुन्दरता र भिजिट नेपाल २०२० को बारेमा बोलेकी छिन्। केही समय अघि सार्वजनिक भएको उनको इन्ट्रोडक्सन भिडियोलाई युट्युबमा हालसम्म दश लाखभन्दा बढी पटक हेरिएको छ।

 

गतवर्ष मिस नेपाल २०१८ श्रृङखला खतिवडाले मिस वर्ल्ड जित्ने प्रभल सम्भावना हुँदाहुँदै पनि उनी टप १२ बाट बाहिरिएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell