PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अमेरिकाबाट सामान पठाइदिने भन्दै महिना दिनमै आठ लाख ठगी



अमेरिकाबाट सामान पठाइदिने भन्दै महिना दिनमै आठ लाख ठगी

काठमाडौं : अनलाइन सपिङको नाममा ठगी गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जिल्ला तारासाँगाचोकगढी नगरपालिका-१० घर भई हाल भक्तपुरको कौशलटार बस्ने २२ वर्षीय अमिर थापा र भक्तपुरको कमलबिनायक बस्ने २४ वर्षीय अमन अवाल रहेका छन्। दुवैजना विद्यार्थी रहेको प्रहरीले जनाएको छ।

उनीहरुले सामाजिक संजाल ह्वाट्सएपमार्फत अमेरिकाबाट आइफोन, ल्यापटप, मोबाइल, क्यामरा, घडी तथा श्रृगारका सामग्री लगायतका सामानहरु सस्तो मुल्यमा पठाई दिने विज्ञापन गरी ठगी गरेको प्रहरीले जनाएको छ।

ठगीको उजुरी परेपछि महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले उनीहरुलाई सोमवार पक्राउ गरेको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले एक महिनाको अवधीमा आठ लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको प्रहरीले बताएको छ।

साथै सोही प्रकृतिका घटनाहरु पुन: दोहोरिन सक्ने सम्भावना रहेकोले समयमै सजग रहन समेत महाशाखाले आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell