PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

३ वजे अस्पतालबाट बालुवाटार फर्कदै प्रधानमन्त्री ओली



३ वजे अस्पतालबाट बालुवाटार फर्कदै प्रधानमन्त्री ओली
फाइल फोटो।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्चार्ज हुने भएका छन्। दश दिनको अस्पताल बसाइपछि ओली आज डिस्चार्ज हुने भएका हुन्। ओली तीन बजे अस्पतालबाट बाहिरिने तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहार सूर्य थापाले जानकारी दिए।

थापाले भने, 'सम्माननीय प्रधानमन्त्रीज्यू अपरेशनपछि पूर्ण स्वास्थ्य लाभ गरेर आजै दिउँसाे ३:०० बजे अस्पतालबाट डिस्चार्ज हुनुहुने भएकाे सुखद समाचार सबैकाे जानकारीका लागि अनुराेध गर्दछु।'

प्रधानमन्त्री ओलीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी आजै अस्पताल पुगेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell