PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

स्विमिङमा एलेक्स्जेन्डर शाह र दुवाना लामाको राष्ट्रिय कीर्तिमान



स्विमिङमा एलेक्स्जेन्डर शाह र दुवाना लामाको राष्ट्रिय कीर्तिमान

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुषतर्फको स्विमिङ २०० मिटर फ्रिस्टाइलमा एलेक्स्जेन्डर शाहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।

सन् २०१४ को फिना स्विमिङ वर्ल्ड कपमा शिरिस गुरुङले बनाएको राष्ट्रिय कीर्तिमान तोड्दै शाहले नयाँ कीर्तिमान कायम गरेका हुन्। गुरुङले बनाएको २:०६:३३ को रेकर्ड तोड्दै शाहले २:०२:३० को नयाँ कीर्तिमान बनाएका हुन्।

त्यस्तै महिलातर्फको स्विमिङ २०० मिटर ब्रेडस्ट्रोकमा डुवाना लामाले पनि नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। नेपालगञ्जमा भएको ८ औं राष्ट्रिय खेलकुदमा बनेको २:५५:०९ को रेकर्ड तोड्दै लामाले २:४८:५७ को नयाँ कीर्तिमान बनाएकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell