PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रिमियरमा 'माछा माछा'ले पायो सकारात्मक प्रतिक्रिया 



प्रिमियरमा 'माछा माछा'ले पायो सकारात्मक प्रतिक्रिया 

काठमाडौं : शुक्रवारदेखि प्रदर्शन हुन लागेको सौगात मल्ल स्टारर फिल्म 'माछा माछा'को प्रिमियर बुधबार बिग मुभिजमा भएको छ।

बिग मुभिजमा आयोजित प्रिमियरमा सौगातसहित नम्रता श्रेष्ठ, सृष्टि श्रेष्ठ, विजय बराल, दयाहाङ राई, रामबाबु गुरुङ लगायत उपस्थित थिए। साथै उक्त प्रिमियरमा कलाकारसँगै दर्शक र पत्रकारहरुको पनि बाक्लो उपस्थिति रहेको थियो।

सुनिल गुरुङ निर्देशित 'माछा माछा'ले प्रिमियर शोमा सकारात्मक प्रतिक्रिया पाएको छ। विशेषगरी प्रिमियरमा फिल्मको कमेडी पार्टलाई निकै रुचाइएको छ। 'माछा माछा'मा तीन जना युवाले पैसाको लागि गर्नु परेको संघर्षलाई प्रस्तुत गरिएको छ।

क्राइम/कमेडी जनाराको यस फिल्मलाई रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेका हुन्। निर्देशक गुरुङले यहि फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन्। फिल्ममा सौगात र नम्रताको मुख्य भूमिका रहेको छ। साथै 'माछा माछा'मा रियल लाईफ कपल सौगात र सृष्टिले आइटम डान्स गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell