PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फ्राइडे रिलिज : दुई नेपालीसँगै हलिउड र बलिउड फिल्म हलमा



फ्राइडे रिलिज : दुई नेपालीसँगै हलिउड र बलिउड फिल्म हलमा

काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत चारवटा फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म 'माछा माछा','माया पिरिम', बलिउड फिल्म 'पति पत्नी और ओ' र हलिउड फिल्म 'नाइभ्स आउट' गरि चारवटा फिल्म प्रदर्शनमा आएका हुन्। 

अभिनेता सौगात मल्ल स्टारर फिल्म 'माछा माछा' आजबाट प्रदर्शनमा आएको हो। फिल्ममा सौगात मल्ल र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको छ। सुनिल गुरुङ निर्देशित यस फिल्मलाई रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेका हुन्। फिल्ममा सौगात र नम्रतासँगै विजय बराल, मोहोत्से गुरुङ, सरिता गिरी, भोलाराज सापकोटा, पुष्कर गुरुङ, कमलमणि नेपाल लगायतका कलाकारहरुले अभिनय गरेका छन्। 'माछा माछा'लाई क्राइम कमेडी जनारामा निर्माण गरिएको छ। 

त्यस्तै टेक पौराखी राई निर्देशित फिल्म 'माया पिरिम'लाई प्रविण राई र सविन अधिकारीले निर्माण गरेका हुन्। फिल्ममा कोशिश क्षेत्री, अनुपमा भण्डारी, सलोन बस्नेत, अञ्जली अधिकारी, अर्जुन गुरुङ, किरण चन्द, कालु राणा, जयनन्द लामा, अरुणा कार्की, विशाल पाहारी, रमण राई, लगायतको अभिनय रहेको छ।

कार्तिक आर्यन स्टारर बलिउड फिल्म 'पति पत्नी और ओ'लाई मुद्दशर अजिजले निर्देशन गरेका हुन्। रोमान्टिक कमेडी जनारमा निर्माण भएको यस फिल्ममा कार्तिक आर्यनसँगै भूमि पेडनेकर अन्नया पाण्डे अपारशक्ति खुराना लगायतको अभिनय रहेको छ। 

हलिउड फिल्म 'नाइभ्स आउट'लाई रियन जोनसन निर्देशन गरेका हुन्। क्राइम कमेडी जनारामा निर्माण गरिएको यस फिल्ममा डेनियल क्रेइग, क्रिश इभान्स, एना डि अर्मास, क्रिस्टोफेर प्लुमर लगायतकाकलाकारहरुको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell