PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जनताको राजनीतिक चेतनास्तर खस्कँदै गएको  छ : नारायणमान बिजुक्छे



जनताको राजनीतिक चेतनास्तर खस्कँदै गएको  छ : नारायणमान बिजुक्छे

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले जनताको राजनीतिक चेतनास्तर खस्किँदै गएको आरोप लगाएका छन्।  

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको १८ औं ख्वप कलेज अफ इन्जिनियरिङको ११ औं वार्षिकोत्सव एवम् शैक्षिक प्रदर्शनीको उद्घाटन कार्यक्रममा शुक्रवार बिजुक्छेले चुनावको समयमा राजनैतिक शिक्षा बाँड्नुको सट्टा झुटो आश्वासन र पैसाको लोभ देखाएर मतदाताहरूलाई झुक्याउने काम शासक दलहरूबाटै भएको आरोप समेत लगाएका छन्। त्यस्तै उनले जनताले राजनीतिक दलको विचारभन्दा झुटो आश्वासन र प्रोलभनमा मत दिने गरेको बताए। 

अर्थतन्त्रमा स्वतन्त्र नभएको देश राजनीतिक रुपमा स्वतन्त्र नहुने भन्दै उनले भने पैसा खर्च गरी चुनाव जित्नुको कुनै औचित्य नहुने बताए।

लिम्पियाधुरा, लिपुलेक र कालापानीको विवाद नेपाल र भारतबीचको कुटनीतिक संवादबाट मात्र समाधान हुन नसक्ने भन्दै अध्यक्ष बिजुक्छेले नेपाली भूमि अतिक्रमणको मुद्दालाई अब नेपाल सरकारले अन्तर्राष्ट्रिय अदालतमा उठाउनुपर्ने माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell