PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

माल्दिभ्सविरुद्धको टि २० क्रिकेटमा नेपाल ८४ रनले विजयी



माल्दिभ्सविरुद्धको टि २० क्रिकेटमा नेपाल ८४ रनले विजयी

काठमाडौं : कीर्तिपुरस्थित टियु मैदानमा  दक्षिण एसियाली खेलकुद अन्तर्गत भएको क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ।

टस जित्दै पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै माल्दिभ्सलाई १६४ रनको चुनौती दिएको थियो।

जवाफी ब्याटिङमा आएको माल्दिभ्सले २० ओभरमा मात्रै ७९ रन बनाउन सक्यो। माल्दिभ्सका लागि मोहम्मद रिसवानले १३ रन बनाए भने अलि इभानले १० रन बनाए।

माल्दिभ्सलाई पराजित गर्ने क्रममा लक्ष्मण राजवंशीले दुई विकेट लिए भने सुसन भारीले एक विकेट लिए।

नेपालका लागि करण केसीले सर्वाधिक ४० रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले ३९ रनको योगदान गरेका थिए। माल्दिभ्सका लागि लिम सफिगले ३ विकेट लिएका थिए भने अमिल मउरुफले २ विकेट लिएका थिए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell