PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

सागमा कुस्तीको पहिलो दिन : स्वर्णजति भारतलाई, नेपालको पोल्टामा एक रजतसहित चार पदक



सागमा कुस्तीको पहिलो दिन : स्वर्णजति भारतलाई, नेपालको पोल्टामा एक रजतसहित चार पदक

  • सुमित मिश्र-

जनकपुरधाम : दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा स्वर्ण जित्ने नेपालको सपना पहिलो दिन सफल हुन सकेन। शुक्रवार जनकपुरधाममा भएका विभिन्न चार तौलको कुस्तीमा भारतले चार वटा स्वर्ण पदक जित्दा नेपालको कम्तीमा तीन वटा स्वर्ण जित्ने सपनामाथी प्रहार भएको हो।

नेपालले स्वर्ण पदक जित्न नसकेपनि एउटा रजत र तिन वटा कास्य पदकमा चित्त बझाएको छ। महिला तर्फ ५० केजीमा भारतकी शितलले स्वर्ण पदक जितेकी छिन् भने श्रीलंकाकी निरोसानीले रजत र नेपालकी मनिषाले कास्य पदक जितेकी छिन्। महिलातर्फकै ५३ केजी तौलमा भारतकी पिन्कीले स्वर्ण, नेपालकी सवांगीले रजत र श्रीलंकाकी समिकाले कास्य पदक जिते।

त्यस्तै पुरुषतर्फ ५७ केजी तौल समूहमा भारतका राहुलले स्वर्ण जिते भने श्रीलंकाका कथोरनगानाले रजत र नेपालका नरेश प्रसाद यादवले कास्य पदक हात पारे। पुरुषतर्फ नै ६५ केजी तौल समूहमा भारतका अमितले स्वर्ण, श्रीलंकाका चमाराले रजत र नेपालका सरोज यादवले कास्य पदक जितेका छन्।

आज भएको खेलमा बंगलादेशले एउटा पनि पदक जितेको छैन। खेलको उद्घाटन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell