PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

किरणसिंह बोगटीलाई म्याराथनमा स्वर्ण, तोडिएन मानन्धरको कीर्तिमान



किरणसिंह बोगटीलाई म्याराथनमा स्वर्ण, तोडिएन मानन्धरको कीर्तिमान

काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) मा भएको म्याराथनमा किरणसिंह बोगटीले स्वर्ण जितेका छन्। आज दशरथ रंगशालाबाट सुरु भएको ४२ किलोमिटर म्याराथनमा बोगटीले स्वर्ण जितेका हुन्।

उनले २ घण्टा २१ मिनेट १७ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए। म्याराथन तर्फको रजत र कास्य पदक भने भारतले जित्यो।  

४२ किलोमिटर म्याराथनको पुरुष तर्फको कीर्तिमान बैकुण्ठ मानन्धरको नाममा छ। मानन्धरले सन् १९८७ मा २ घण्टा १५ मिनेट ३ सेकेन्डमा म्याराथन पूरा गरी सागमा कीर्तिमान बनाएका थिए। मानन्धरले आफ्नो कीर्तिमान नेपाली खेलाडीले भंग गरेको हेर्न चाहेको बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell