
काठमाडौं : दक्षिण एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा अहिले नेपाल र बंगलादेश अन्डर २३ टोली प्रतिस्पर्धा गरिरहेका छन्।
पहिले ब्याटिङ गरेको बंगलादेशले नेपाललाई १५६ रनको चुनौती दिएको छ। बंगलादेशका लागि कप्तान नाजमुल सान्टोले सर्वाधिक ६० रन बनाउँदा अफिफ होसेनले ५२ रन बनाएका थिए।
बंगलादेशविरुद्ध पारि खड्काले ३ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले २ र अविनाश बोहोराले १ विकेट लिए।
नेपाल अहिले जवाफी ब्याटिङ गरिरहेको छ।
नेपालले आजको खेल जिते स्वर्णको खेल नजिक पुग्ने छ। यद्यपि नेपालले अरु समीकरण पनि कुर्नु पर्नेछ। त्यस्तै आजको खेल हारेको खण्डमा नेपालले कास्य पदकका लागि खेल्नेछ।