PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

दोस्रो जितको खोजीमा नेपाल : आज माल्दिभ्ससँग खेल्दै



दोस्रो जितको खोजीमा नेपाल : आज माल्दिभ्ससँग खेल्दै

काठमाडौं : दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलमा आज नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। १ खेलमा जित र १ खेलमा बराबरी खेलेको नेपाल आज दोस्रो जितको खोजिमा छ। त्यस्तै २ खेलमा बराबरी र १ खेलमा पराजय भोगेको माल्दिभ्स पनि पहिलो जित निकाल्ने लक्ष्यमा रहेको छ।

स्वर्ण जित्ने लक्ष्यका साथ प्रतिस्पर्धा गरिरहेको नेपालका लागि माल्दिभ्स बलियो टोली हो। तर, जारी प्रतियोगितामा माल्दिभ्सले आफ्नो स्तर अनुरुप प्रदर्शन गर्न सकिरहेको छैन। भुटानसँगको खेलमा २–१ को अप्रत्यासित हार ब्यहोरेसँगै माल्दिभ्सका प्रशिक्षकले लगातारका खेल भएका कारण आफ्नो प्रदर्शन देखाउन नसकेको भन्दै पन्छिएका थिए।

त्यस्तै, नेपाली फुटबल टिमका कप्तान सुजल श्रेष्ठ स्वर्णमा केन्द्रीत रहेको बताउँदै आएका छन्।

अंक तालिकामा भुटान ३ खेल खेलेर २ जित र १ पराजयसँगै अंक तालिकाको शीर्ष स्थानमा छ। भुटानलाई पछ्याउँदै नेपाल २ खेलमा १ जित र १ बराबरी सहित ४ अंक ल्याएर दोस्रो स्थानमा छ। त्यस्तै १ जित १ हार र १ बराबरी सहित बंगलादेश तेस्रो स्थानमा छ। त्यस्तै समान २ अंक माल्दिभ्स चौथो र श्रीलंका पाँचौं स्थानमा छ।

नेपाल र बंगलादेशबीचको खेल आज दिउँसो साढे १ बजे शुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell