PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

९ रनको लक्ष्य पाएको नेपाली महिला क्रिकेट टोलीले माल्दिभ्सलाई हराउँदै जित्यो कास्य



९ रनको लक्ष्य पाएको नेपाली महिला क्रिकेट टोलीले माल्दिभ्सलाई हराउँदै जित्यो कास्य

पोखरा : पोखरामा जारी महिला क्रिकेट अन्तर्गत नेपाली महिला क्रिकेट टोलीले माल्दिभ्सलाई पराजित गरेको छ। आज भएको खेलमा ९ रनको लक्ष्य पाएको नेपालले ७ बल खेल्दै लक्ष्य पूरा गरेको हो।

माल्दिभ्सका लागि एइमा एइसाथले १ रन मात्रै जोड्न सकिन्। बांकी ७ रन माल्दिभ्सले एक्स्ट्राबाट ल्याएको थियो।

नेपालका लागि अन्जली चन्दले  ४ विकेट, सीता राना मगर र रुविना क्षत्रीले समान २/२ विकेट लिए। त्यस्तै सुमन खतिवडा र करुना भण्डारीले समान १/१ रन बनाए।

माल्दिभ्सले दिएको झिनो लक्ष्य पूरा गर्न काजल श्रेष्ठले २ रन तथा रोमा थापाले ५ रन बनाइन।

यो जितसँगै नेपालले कास्य पदक जितेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell