PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बंगलादेशद्वारा नेपाल ४४ रनले पराजित



बंगलादेशद्वारा नेपाल ४४ रनले पराजित

काठमाडौं : दक्षिण एसियाली खेलकुद अन्तर्गत आज कीर्तिपुरको टियु मैदानमा भएको क्रिकेटमा नेपाल पराजित भएको छ।  बंगलादेशको अन्डर २३ टोलीसँग भएको प्रतिस्पर्धामा नेपाल ४४ रनले पराजित भएको हो।

पहिले ब्याटिङ गरेको बंगलादेशले नेपाललाई १ सय ५६ रनको चुनौती दिएको छ। जवाफी ब्याटिङमा आएको नेपालले १ सय ११ रन मात्रै बनाउन सक्यो।

बंगलादेशका लागि कप्तान नाजमुल सान्टोले सर्वाधिक ६० रन बनाउँदा अफिफ होसेनले ५२ रन बनाएका थिए।  बंगलादेशविरुद्ध पारि खड्काले ३ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले २ र अविनाश बोहोराले १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell