PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

माल्दिभ्सका हुसेनले नेपालविरुद्ध गरे पहिलो गोल



माल्दिभ्सका हुसेनले नेपालविरुद्ध गरे पहिलो गोल

काठमाडौं : दक्षिण एसियाली खेलकुद अन्तर्गत नेपालले अहिले माल्दिभ्सको सामना गर्दै छ।

दशरथ रंगशालामा भइरहेको खेलमा नेपाल १ गोलले पछाडी परेको छ। खेलको १७ ‍औं मिनेटमा माल्दिभ्सका हुसेनले गोल गर्दै अग्रता दिलाएका हुन्।

१ खेलमा जित र १ खेलमा बराबरी खेलेको नेपाल आज दोस्रो जितको खोजिमा छ। त्यस्तै २ खेलमा बराबरी र १ खेलमा पराजय भोगेको माल्दिभ्स पनि पहिलो जित निकाल्ने लक्ष्यमा रहेको छ।

अंक तालिकामा भुटान ३ खेल खेलेर २ जित र १ पराजयसँगै अंक तालिकाको शीर्ष स्थानमा छ। भुटानलाई पछ्याउँदै नेपाल २ खेलमा १ जित र १ बराबरी सहित ४ अंक ल्याएर दोस्रो स्थानमा छ। त्यस्तै १ जित १ हार र १ बराबरी सहित बंगलादेश तेस्रो स्थानमा छ। त्यस्तै समान २ अंक माल्दिभ्स चौथो र श्रीलंका पाँचौं स्थानमा छ।

स्वर्ण जित्ने लक्ष्यका साथ मैदानमा उत्रेको नेपाली टोलीलाई आजको खेल जित्नै पर्ने दबाब समेत रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell