काठमाडौं : बाँके कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिकाको घाइते भएपछि स्थिति तनाव ग्रस्त बनेको छ।
आइतवार बिहान हाइस्कुल चोकमा ना२ख ९४५९ नंको ट्रकले ठक्कर दिँदा त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर–१० की प्रकृति चन्दको घाइते भएकी थिइन्।
त्यसपछि विद्यार्थीको समूहले ट्रकमा आगजनी गरेको र प्रहरीमाथिसमेत आक्रमण शुरु भएको निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले बताए।
स्थितिलाई साम्य पार्न अहिले कोहलपुरमा सुरक्षा समितिको बैठक बसिरहेको उनले जानकारी दिए। निमित्त प्रजिअ उपाध्यायले भने, 'अहिले सुरक्षा निकायका सबै प्रमुखहरु कोहलपुरमा भेला भएका छन्। यही विषयमा छलफल भइरहेको छ। स्थिति साम्य पार्न कर्फ्यु लगाउने हो कि के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। निर्णय भइसकेको छैन।'
प्रहरी घाइते भएको खबर भने प्रजिअ कार्यालयमा आइ नपुगेको उनले बताए।