PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

चिनियाँ विकासको गति, गाउँलाई सडकसँग जोड्न यसरी स्काभेटर ओसार्दै हेभी हेलिकप्टर 

चिनियाँ विकासको गति, गाउँलाई सडकसँग जोड्न यसरी स्काभेटर ओसार्दै हेभी हेलिकप्टर 


फोटोहरु: xinhuanet/Xinhua

दक्षिणपश्चिम चीनको सिचुवानको एक गाउँ बल्ल सडकमार्गमा जोडिएको छ। अबुलोह गाउँमा यसअघि ४ घन्टा पैदल हिँडेपछिमात्र पुगिन्थ्यो। सामानहरु घोडाले आसार्थे। यहाँबाट पनि अरु गाउँमा सडक सुविधा जोड्न त्यहाँको स्थानीय सरकारले ३‍‍.८ किलोमिटर सडक बनाउने निर्णय गर्‍यो। 

तर, निर्माणाधीन क्षेत्रमा हेभी मेसिन चाहिने भयो। त्यसपछि कन्स्ट्रक्सन कम्पनीले Mi-26 हेभी हेलिकप्टर प्रयोग गरी हेभी मेसिनरी सामग्री ओसार्न थाल्यो। अहिले सडक धमाधम बन्न थालेको छ। यो सडक बनेपछि लिङझाङका सबै गाउँहरु सडकमार्गमा जोडिने भएको सिन्ह्वाले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell