PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

न्युजिल्यान्डमा ज्वालामुखी विस्फोट हुँदा पाँच जनाको मृत्यु, दर्जनौं बेपत्ता



न्युजिल्यान्डमा ज्वालामुखी विस्फोट हुँदा पाँच जनाको मृत्यु, दर्जनौं बेपत्ता
Photo: Michael Schade

न्युजिल्यान्डमा ज्वालामुखी विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको त्यहाँको स्थानीय प्रहरीलाई उदृढ गर्दै द गार्डियनले उल्लेख गरेको छ। ह्वाइट आइल्यान्डमा गएको ज्वालामुखीमा परी केही मानिसहरु हराइरहेको हुन सक्ने बताइएको छ।

डेप्युटी कमिस्नर जोन टिम्सका अनुसार ज्वालामुखी गएको टापुमा प्रहरी तथा उद्धार टोली फर्किन सकेको छैन। उनीहरुलाई तत्कालै त्यहाँ जानु जोखिमपूर्ण हुने ज्वालामुखीविद्हरुले बताएका थिए। त्यसकारण पनि टापुमा कति मानिस फसेका छन् भन्ने बारे प्रहरी पनि अनभिज्ञ छ। तर त्यहाँ कम्तिमा ५० जना मानिस रहेको प्रहरीको अनुमान छ। यसअघि हेलिकप्टरमार्फत टापु फसेका मानिसहरुको उद्धार गर्ने प्रयास गरिएको थियो।

'आइल्यान्डमा फर्किनको लागि त्यहाँको वातावरण असुरक्षित छ,' उनले भने।

केही घाइतेहरुलाई अस्पताल लगिएको छ। ज्वालामुखी विस्फोटका कारण केही मानिसहरु जलेका छन्। स्थानीय समय अनुसार करिब सवा २ वजेतिर सो ज्वालामुखी विस्फोट भएको थियो।

वाकरी समेत भनिने यो टापु सक्रिय ज्वालामुखी भएको टापु हो। यो टापु पर्यटकीय गन्तव्य र वैज्ञानिक अनुसन्धानका लागि प्रख्यात छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell