PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

वसन्तपुरमा नेविसंघले देखायो कालापानी लिपुलेकसहितको नेपाली नक्सा

वसन्तपुरमा नेविसंघले देखायो कालापानी लिपुलेकसहितको नेपाली नक्सा


काठमाडौं : नेपाल विद्यार्थी संघको, 'चिनौ सिमाना, जोगाऔ माटो' अभियान अन्तर्गत, आज वसन्तपुरमा विद्यार्थीले कालापानी, लिपुलेकसहितको भूभाग समेटिएको नेपालको नक्सा बनाएर प्रदर्शन गरेको छ।

नेविसंघले आयोजना गरेको 'कोरौ नेपालको वास्तविक नक्सा' कार्यक्रममा विद्यार्थीको बाक्लो सहभागिता भएको नेविसंघले जनाएको छ। 

भारतले नेपाली भुभाग समेत समेटेर राजनीतिक नक्सा प्रकाशन गरेपछि नेविसंघले विभिन्न विरोध कार्यक्रम आयोजना गर्दै आईरहेको छ। यसै अन्तर्गत  नेविसंघले राजधानीलयागत देशैभरका स्कुलकलेजमा, कालापनी, लिपुलेकलगायत भूभाग समेटिएको नक्सा बनाउन प्रशिक्षणसमेत दिँदै आएको नेविसंघका पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठीले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell