PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

१३ औं सागमा लक्ष्यभन्दा एक स्वर्ण पछाडि नेपाल



१३ औं सागमा लक्ष्यभन्दा एक स्वर्ण पछाडि नेपाल

काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकूद (साग)मा नेपालले आज स्वर्णको संख्या ४९ पुर्‍याएको छ। नेपाल ४९ स्वर्ण पदकसहित दास्रो स्थानमा छ। नेपालले आजका खेल सकिँदासम्म ५४ रजत तथा ९२ कास्य समेत गरी कूल १९५ पदक जितेको छ। नेपालले आज बक्सिङमा दुई तथा स्विमिङ र जुडोमा एक/एक स्वर्ण पदक जितेको हो। 

भारत १५९ स्वर्ण, ९१ रजत र ४४ कास्य गरी कूल २९४ पदकसहित पदक तालिकाको शीर्ष स्थानमा कायमै छ। श्रीलंका ३९ स्वर्ण, ७९ रजत र ११८ कास्यसहित तेस्रो, पाकिस्तान ३२ स्वर्ण, ३७ रजत र ५५ कास्यसहित चौथो, बंगलादेश १९ स्वर्ण, ३२ रजत र ८१ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र तीन कास्य जित्दै छटौँ तथा भूटान छ रजत तथा १३ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell