PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव'को चौथो संस्करण जुन २६ देखि शुरु



'नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव'को चौथो संस्करण जुन २६ देखि शुरु

काठमाडौं : ‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२०’ आयोजना हुने भएको छ। महोत्सवको चौथो संस्करण २०२० जुन २६ देखि २८ सम्म आयोजना हुने भएको हो।

नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि आयोजना गर्दै आएको महोत्सवको यो पटकको संस्करण वासिङ्गटन डिसीमा हुँदैछ।

महोत्सवका लागि विश्वभरका चलचित्रलाई आवेदन खुला गरिएको छ। अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुको समितिले आवेदन परेकामध्ये उत्कृष्ट चलचित्रहरु प्रदर्शनका लागि छनोट गर्ने बताइएको छ।

चलचित्र महोत्सवमा नेपालका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनलगायत विधाका चलचित्रहरु प्रदर्शन गरिनेछ।

चलचित्र प्रदर्शनी बाहेक संस्कृति र नयाँ प्रविधिबारे प्यानल छलफल तथा कार्यशालाहरु पनि आयोजना हुनेछन्।

चलचित्रको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरिएको छ। नेपालका चलचित्रकर्मीहरुले अनलाइन वा मानव अधिकार चलचित्र केन्द्रको कार्यालयमा आवेदन दिन सक्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell