PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

'नेपाल साहित्य महोत्सव-२०१९' को आठौँ संस्करण मंसिर २७ गतेदेखि पोखरामा



'नेपाल साहित्य महोत्सव-२०१९' को आठौँ संस्करण मंसिर २७ गतेदेखि पोखरामा

पोखरा : 'आइएमई नेपाल साहित्य महोत्सव'को आठौँ संस्करण मंसिर २७ देखि ३० गतेसम्म हुने भएको छ। महोत्सव पोखराको लेकसाइडस्थित बाराहीघाटमा आयोजना हुने मंगलबार आयोजक बुकवर्म फाउन्डेसन र र्‍यान्डम रिडर्स सोसाइटीले पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्।

महोत्सवमा अघिल्ला संस्करणझैं यस वर्ष पनि देशविदेशका ११० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार, सम्पादक, सेलिब्रेटी एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति रहने बताइएको छ। ३५ भन्दा बढी सेसन र थप रोचक सामग्री समावेश महोत्सवमा दैनिक हजारौं साहित्य अनुरागीहरु भेला हुनेछन्।

यस वर्ष महोत्सवमा दक्षिण एसियाली साहित्यकै सर्वोत्कृष्ट एवम् गरिमामय डिएससी पुरस्कार प्रदान गर्न लागिएको आयोजकले जनाएको छ। २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशि बराबरको उक्त पुरस्कार दक्षिण एसियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले विगत आठ वर्षदेखि प्रदान गर्दै आएको हो।

महोत्सव दक्षिण एसियाकै एउटा समावेशी मञ्च बन्दै गएकोमा आफूहरु गौरवान्वित भएको आइएमई नेपाल साहित्य महोत्सवका निर्देशक अजित बरालले बताए।

महोत्सवमा यस वर्ष युवा र नवोदित, नसुनिएका र मुलधारमा नआएकाहरुको आवाज समेट्न खोजिएको महोत्सवका संयोजक शिवानी सिंह थारुले बताइन्।

नेपालकै सबैभन्दा ठूलो र एकमात्र अन्तर्राष्ट्रिय साहित्य महोत्सव पोखरामा आयोजन गर्न पाउँदा गौरवान्वित भएको र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले बताए। पोखरालाई सांस्कृतिक-साहित्यिक शहर बनाउन, पोखरेली साहित्यको विकास गर्नमा नेपाल साहित्य महोत्सवले अग्रणी भूमिका खेलेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell