PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रधानमन्त्रीका सल्लाहकारको भाषा : 'छौंडा'पछि 'ढेडु'



प्रधानमन्त्रीका सल्लाहकारको भाषा : 'छौंडा'पछि 'ढेडु'

काठमाडौं : पाँच महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालको एउटा ट्वीट एकाएक भाइरल भयो।

कारण थियो- उक्त ट्वीटमा राखिएको शब्द। कवितात्मक शैलीमा लेखिएको उक्त ट्वीट्मा सरकारको बचाउमा लेखिएको थियो।

रिमालले ट्वीटमा भनेका थिए,

'भनिन्छ, छौंडाहरू

आफैं चलमलाउँदैनन्

कसैले छोड्छन्,

दु:ख दिन्छन्!

यी छौंडाहरू

आफैं चलमलाएका हुन् की

कसैले छोडेका?'

ट्वीटले एक खालको तरंग नै पैदा गर्‍यो। प्रधानमन्त्रीको सल्लाहकार जस्तो ओहोदामा रहेका व्यक्तिले प्रयोग गरेको भाषालाई तल्लो स्तरको भाषा भन्दै टिप्पणी गर्न भ्याए धेरैले।

प्रधानमन्त्रीले हालै मात्र आफ्नो सचिवालय परिवर्तन गरे। जसमा प्रधानमन्त्रीले प्रेस सल्लाहकारको रुपमा पार्टीको प्रचारप्रसार विभागका उपप्रमुख समेत रहेका सूर्य थापालाई नियुक्त गरे। उनै थापाले अहिले सामाजिक सञ्जाल फेसबुकमा कुरा नबुझ्नेहरुलाई छि छि गर्दै ढेंडु र स्यालको संज्ञा दिएका छन्

जसले गर्दा अहिले सामाजिक सञ्जाल तातिएको छ।

थापाले सोमबार कान्तिपुरका गंगा बिसीले लेखेको 'ओली दाहाल एकत्व' शीर्षकको समाचार आफ्नो फेसबुक वालबाट सेयर गरे। समाचारभित्रको केही अंशलाई कोट गर्दै उनले सेयर गरेको स्ट्याटसमा उनका फलोअरहरु उनीमाथि खनिए।

आफूप्रति एकोहोरो खनिएपछि प्रेस सल्लाहकार थापाले कमेन्टमाथि आक्रोशित खण्डन लेखे।

'मेरो स्टाटस हो कि, अरूको लेख शेयर गरेको भनेर छुट्याउन समेत नसक्ने मनुवा हुन् कि ढेंडु? कति असभ्य र घृणित रहेछन् एउटा लेखसम्म पढ्न औकात र हैसियत नराख्ने स्यालहरू? छि: छि:! मान्छे बन्न कति गार्ह्रो परेको तिनलाई?' नकारात्मक कमेन्ट आउन थालेको केही घन्टामै उनले लेखे पोस्ट।

उनको यो स्टाटसमा झनै गालीको वर्षा भएको छ। प्रधानमन्त्रीलाई सल्लाह दिने व्यक्तिको भाषा सहिष्णु नभएको भन्दै उक्त स्ट्याटसमा गौलौजपूर्ण कमेन्ट थपिन थालिएको छ।

ढेडु शब्द आपत्तिजनक भन्दै कतिपयले भाषा सुधार्नसमेत सुझाव दिएका छन्

'ढेडु'को अर्थ हात गोडा मुख र पुच्छर सबै कालो भएको बाँदर भएको शब्दकोषमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell