PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ताको आह्वान



राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ताको आह्वान

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचनको लागि दल दर्ताको आह्वान गरेको छ। राष्ट्रिय सभाका एक तिहाइ सदस्य चयन गर्न माघ ९ गते हुने निर्वाचनका लागि दल दर्ताको आह्वान गरिएको हो। आयोगले दल दर्ताका लागि मंसिर २७ गतेदेखि पुष ६ गतेसम्म दश दिनको अवधि तोकेको छ।

आयोगका प्रवक्ता गिरिजा शर्माद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, 'निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरुलाई राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनको लागि संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ताको लागि मंसिर २७ गतेदेखि पुष ६ गतेसम्म दश दिनको अवधि तोकी कार्यालय समयभित्र आयोगको काठमाडौं कान्तिपथस्थित, बहादुर भवनमा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची-१२ बमोजिमको ढाँचामा निवेदन दिन आव्हान गरीएको छ।'

दल दर्ताको लागि निवेदन पेश गर्दा संविधानको धारा २६९ को उपधारा (४) बमोजिमका शर्तहरु पूरा गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ। फागुन २० गते १९ जना सांसदहरुको २ वर्षे कार्यकाल सकिँदै छ। ९ गते १८ जनाका लागि निर्वाचन हुन लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell