PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

फ्राइडे रिलिज : प्रेम संसार, मर्दानी - २ र जुमान्जी द नेक्सट लेभल



फ्राइडे रिलिज : प्रेम संसार, मर्दानी - २ र जुमान्जी द नेक्सट लेभल

काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत नेपाली फिल्म 'प्रेम संसार', बलिउड फिल्म 'मरदानी २' र हलिउड फिल्म 'जुमान्जी द नेक्सट लेभल' प्रदर्शनमा आएको छ।

नेपाली फिल्म 'प्रेम संसार'लाई राम गौतमले निर्देशन गरेका हुन्। प्रेम सुनारको निर्माण रहेको यस फिल्ममा कविता नेपाली आयुष्मा कार्की, मोनिका दाहाल, बिविसा पाण्डेलगायतका कलाकारहरुले अभिनय गरेका छन्। प्रेम संसारमा निर्माता सुनारकै कथा रहेको छ। सोनी फिल्मको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा उत्तम केसी र देबीन गहतराज कार्यकारी निर्माता रहेका छन्।

त्यस्तै रानी मुखर्जी स्टारर बलिउड फिल्म 'मर्दानी २'लाई गोपी पुथ्रानले निर्देशन गरेका हुन्। एक्सन थ्रिलर जनारामा निर्माण भएको यस फिल्ममा रानी मुखर्जीसँगै श्रुति बाप्ना, राजेश शर्मा लगायतको अभिनय रहेको छ।

हलिउड फिल्म 'जुमान्जी द नेक्सट लेभल'लाई जेक कासडनले निर्देशन गरेका हुन्। एक्सन र कमेडी जनारामा निर्माण गरिएको यस फिल्ममा किरेन जिलान, ज्याक ब्ल्याक, केभिन हार्ट लगायतको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell