PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

लिम्पियाधुरासहित अतिक्रमित भूमि समेटेर नेपालको नक्सा जारी गर्न संसदीय समितिको निर्देशन



लिम्पियाधुरासहित अतिक्रमित भूमि समेटेर नेपालको नक्सा जारी गर्न संसदीय समितिको निर्देशन
फोटो : रासस।

काठमाडौं : संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ। गृहमन्त्री रामबहादुर थापा र भूमि व्यवस्था मन्त्री पद्मा अर्यालसँगको छलफलपछि समितिले शुक्रवार लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायतका भूमि समेटेर नयाँ नक्सा जारी गर्न निर्देशन दिएको हो।

समितिले गरेको निर्णयमा भनिएको छ, 'नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायतका नेपाली भूमि समावेश गरी नेपालको नयाँ अविलम्ब जारी गर्न नेपाल सरकारलाई सुझाव र निर्देशन दिने।'

समितिले अतिक्रमणमा परेको नेपाली भूभागको विषयमा अविलम्ब कुटनीतिक र राजनैतिक पहल गर्न निर्देशन दिएको छ। त्यस्तै बैठकले अतिक्रमित भएको भूभागमा रहेका भारतीय फौज फिर्ता गरी भौगोलिक अखण्डताको रक्षाको लागि भारतसँग वार्ता गर्न सुझाव दिएको छ।

समितिले नेपाली भूमिको रक्षा तथा कालापानी क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरुलाई सहज आवत जावत गर्ने बाटो र अन्य सुविधा उपलब्ध गराउन पनि भनेको छ। भारतले जारी गरेको नक्सामा नेपाली भूभाग समेटेकोप्रति नेपालले यसअघि नै आपत्ती जनाइसकेको छ। यसै विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक समेत डाकेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell