PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

महिला चलचित्रकर्मीलाई सांसद कोमल वलीको ‘सल्युट’



महिला चलचित्रकर्मीलाई सांसद कोमल वलीको ‘सल्युट’

काठमाडौं : चलचित्र विकास बोर्ड अन्तर्गतको ‘महिला चलचित्रकर्मी सशक्तिकरण’ समितिले निर्माण गरेको फिल्म ‘सल्युट’ को प्रेस सो सम्पन्न भएको छ। बोर्डका अध्यक्ष केशव भट्टराईको सभापतित्वमा आयोजना भएको कार्यक्रममा चलचित्रकर्मी, समाजसेवी लगायत विभिन्न क्षेत्रबाट प्रतिनिधिको उपस्थिति थियो।

फिल्म हेरिसकेपछि कार्यक्रमको मुख्य अतिथि एवं सांसद कोमल वलीले फिल्म राम्रो रहेको प्रतिक्रिया दिइन्।

‘यो फिल्म हाम्रो समाजको ऐना हो। फिल्म क्षेत्रमा यसरी महिला सहभागिता बढेको देख्दा अत्यन्तै खुशी छु। यो टिमलाई मेरो सल्युट छ,’ उनले भनिन्।

‘सल्युट’लाई आशुका अर्याल (अस्कर फिल्म कलेज), अम्बिका भण्डारी (नेपाल फिल्म एकेडेमी), मेरोन राजभण्डारी (नेपाल फिल्म एकेडेमीका)ले संयुक्त निर्देशन गरेका हुन्। सब्बु सुवेदीको पटकथामा बनेको चलचित्रमा संजिता लामा (एभरेष्ट फिल्म एकेडेमी) र प्रिया राजकर्णिकार (एभरेष्ट फिल्म एकेडेमी)को छायांकन छ। मनीषा धमला (आभाष इन्सिस्चूट)को सम्पादन रहेको चलचित्रको निर्देशक टिमलाई समितिकी सदस्य निर्देशक संगीता श्रेष्ठले चलचित्र निर्देशनमा सहयोग गरेकी हुन्।

चलचित्रमा एउटा परिवारको श्रीमान र श्रीमतिबीच भएको व्यवसायिक द्वन्द्व समावेश छ। कलाकार मोहन चाम्लीङ, शेसुका राई, बसन्त रिजाल, चन्द्रा थापा, थमान सिंह पुर्जा पुन, ओम कृष्ण भण्डारी, विष्णु ठकुरी, भरत रौनियार, एन्जल श्रेष्ठ, आविश्कार रेग्मी, सन्तोष चाम्लीङ, जय कुमार कार्की ढली, सागर रौनियार, अलविन तिरुवा, सुमित्रा पाखरिन, सुस्मिता तामाङले यस चलचित्रमा अभिनय गरेका छन्।

फिल्म निर्माणको अवधाराणालाई बोर्ड अध्यक्षले शुरुवातदेखि नै साथ दिँदै आएका थिए। समितिको संयोजक शबनम मुखियाले यस अवधाराणाबारे बोर्ड अध्यक्षलाई सुनाएसँगै ‘सल्युट’ निर्माण अघि बढेको थियो। यस कथाका परिकल्पनाकार शबनम मुखिया हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell