PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

नेकपा सचिवालय बैठक आज पनि नबस्ने



नेकपा सचिवालय बैठक आज पनि नबस्ने

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिवार पनि स्थगित भएको छ। नेताहरुको व्यस्तताका कारण बैठक शुक्रवार पनि स्थगित भएको थियो।

बैठक शनिवार अपराह्न बस्ने तय भएपनि भोलि बस्ने स्थायी कमिटी बैठकको तयारी पूरा नभएकाले भोलि बिहान ९ बजे सचिवालय बैठक बस्ने तय भएको प्रवक्ता नारयणकाजी श्रेष्ठले जानकारी दिए। 

'आज बस्ने भनिएको बैठकको एजेन्डा स्थायी कमिटीको बैठकको कार्यसुचीबारे थियो। स्थायी कमिटी बैठकको सम्पूर्ण तयारी पुरा नभएकाले बैठक आइतवार विहान ९ बजे बस्ने तय भएको छ,' ‍उनले भने, 'स्थायी कमिटी बैठक भने दिउँसो १ बस्नेछ।' 

गत २३ गते बसेको सचिवालयको बैठकले २७ गतेका लागि सचिवालय बैठक र २९ गते ११ बजेका लागि स्थायी समिति बैठकको समय तोकेको थियो।

सचिवालय बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्थायी समितिमा पेश गर्ने राजनीतिक प्रतिवेदन लेख्ने जिम्मा दिएको थियो। प्रचण्ड प्रतिवेदन लेखनमा व्यस्त रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell