PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

इपिएल : सलाह चम्किँदा लिभरपुलको जित



इपिएल : सलाह चम्किँदा लिभरपुलको जित
Photo: Liverpool/Twitter

इङ्लिस प्रिमियर लिग अन्तर्गतको आज भएको खेलमा लिभरपुलले वाटफोर्ड माथि २-० को सहज जित निकालेको छ। लिभरपुलको जितमा मोहमद सलाहले दुवै गोल गरे।

घरेलु मैदानमा भएको खेलमा लिभरपुलका लागि सलाहले खेलको ३८ औं मिनेटमा अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलले अघि रहेको लिभरपुलले दोस्रो हाफमा पनि १ गोल थप्यो। खेलको अन्तिम मिनेटमा सलाहले नै अर्को गोल थप्दै लिभरपुलको जित सुनिश्चित गरेका थिए। 

वार्टफोर्डमाथि जित निकालेसँगै लिभरपुल तालिकाको शीर्षस्थानमा कायम छ। जारी सिजनमा १७ खेलमध्ये १६ जित र १ बराबरीसहित लिभरपुलले ४९ अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell