PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

रानी मुखर्जीको 'मर्दानी २'ले कमायो दुई दिनमा १० करोड



रानी मुखर्जीको 'मर्दानी २'ले कमायो दुई दिनमा १० करोड

मुम्बई : बलिउड अभिनेत्री रानी मुखर्जी स्टारर फिल्म ‘मर्दानी २'ले बलिउड बक्स अफिसमा आक्रमक ओपनिङ गरेको छ। शुक्रवारदेखि प्रदर्शनमा आएको यस फिल्मले ३ करोड ८० लाख भारुको कमाई गर्दै आक्रमक ओपनिङ गरेको हो

फिल्मले दोस्रो दिन शनिबार ६ करोड ५० लाख भारु कमाइ गरेको बक्स अफिस इन्डिया डट कमले जनाएको छ। दुई दिनमा फिल्मले १० करोडभन्दा बढिको व्यापार गरेको छ।

फिल्मले दर्शक तथा समीक्षकको सकारात्मक प्रतिक्रिया पाइरहेको छ। साथै रानी मुखर्जीको अभिनयको तारिफ पनि भइरहेको छ। 'मारदानी २' मा सिरियल किलरको कहानीलाई प्रस्तुत गरिएको छ, जहाँ महिलालाई निशाना बनाइएको छ।

गोपी पुरथन निर्देशित यस फिल्म एशराज फिल्म्स ब्यानरबाट निर्माण गरिएको हो। फिल्ममा रानी मुखर्जीसँगै विशाल जेठवाको मुख्य भूमिका रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell