PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

राष्ट्रियसभाको निर्वाचन कार्यतालिका सार्वजनिक, यस्तो छ निर्वाचन कार्यक्रम 



राष्ट्रियसभाको निर्वाचन कार्यतालिका सार्वजनिक, यस्तो छ निर्वाचन कार्यक्रम 

काठमाडौं : निर्वाचन आयोगले माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले बुधवार सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस २० गते मनोनयन दर्ता हुनेछ। उम्मेदवारीविरुद्ध २१ गते १ बजेदेखि ४ बजेसम्म उजुरी दिन सकिने आयोगले जनाएको छ।

राष्ट्रिय सभाका एक तिहाई सांसदको फागुन २० गते दुई बर्षे कार्यकाल सकिदै छ।  

क - कसको सकिँदैछ कार्यकाल?

दुई वर्षे कार्यकाल पूरा गर्नेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का आठ, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एकजना र एकजना राष्ट्रपतिबाट मनोनित छन्।

अर्थमन्त्रीसमेत रहेका राष्ट्रियसभा डा युवराज खतिवडा राष्ट्रपतिबाट मनोनित हुन्।  

आउँदो फागुनमा कार्यकाल सकिनेमा कांग्रेस सांसद सुरेन्द्रराज पाण्डे, सरिता प्रसाई, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ।

नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको पनि २ वर्षे कार्यकाल सकिँदैछ। राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षे कार्यकाल सकिएर घर फर्कदै छन्।

राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell