काठमाडौं : गृह मन्त्रालयले दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी) को काज सरुवा गरेको छ।
प्रहरी प्रधान कार्यालयको सचिवालयमा रहेका डिआइजी विश्वराज पोखरेल र महानगरीय रानीपोखरी कार्यालका डिआइजी शैलेस थापा क्षेत्रीको सरुवा गरिएको हो। प्रहरी प्रवक्ता समेत रहेका डिआइजी पोखरेललाई रानीपोखरी कार्यलयको जिम्मेवारी दिएको छ।
त्यस्तै डिआइजी क्षेत्रीलाई सचिवालयमा प्रहरी प्रवक्ताको जिम्मेवारी दिएको हो।