PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

अमेरिका गएर त्यतै लुकेका सशस्त्रका सई दश वर्षपछि परे पक्राउ, पुर्‍याइयो सीधै सदरखोर 



अमेरिका गएर त्यतै लुकेका सशस्त्रका सई दश वर्षपछि परे पक्राउ, पुर्‍याइयो सीधै सदरखोर 

काठमाडौं : तालिमका क्रममा विदेशमै फरार सशस्त्र प्रहरी नायब निरीक्षक(सई) उमेश सिलवाल पक्राउ परेका छन्। दश वर्षअघि तालिम लिन अमेरिका पुगेका उनी त्यतै लुकेका थिए।

सिलवाललाई ललितपुरको लगनखेलबाट सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको हो। सिलवाल भगौडा भएको पुष्टि गर्दै सशस्त्र प्रहरी विशेष अदालतबाट गत वर्ष २०७५ साल भदौ ३१ गते तीन वर्ष कैद सजाय सुनाएको थियो। सिलवाललाई आइतवार नै  महान्यायाधिवक्ताको कार्यालयमा लगेर आवश्यक कानुनी प्रकृया पुरा गरी डिल्ली बजार कारागार सदरखोरमा बुझाईएको प्रहरीले जनाएको छ।
 
ललितपुरको गोदावरी नगरपालिका ३ घर भएका सशस्त्रका तत्कालीन सई सिलवाल अमेरिकामा संचालन भएको 'भिआईपी प्रोटेक्सन ट्रेनिङ'मा गएको बेला तालिम सकाएपछि उतैबाट भागेर कार्यालयको सम्पर्क बाहिर गएका थिए। 

तालिम सकेर फर्कने क्रममा २०६७ चैत २० गते अमेरिकास्थित एयरपोर्टबाटै सिलवाल फरार भएका थिए। 

सशस्त्र प्रहरी विशेष अदालतबाट निजले सशस्त्र प्रहरी बलको सेवा छाडी भागेको पुष्टि गर्दै निजलाई सशस्त्र प्रहरी ऐन २०५८ को दफा २७ (४) को खण्ड (ज) बमोजिम उल्लेखित अवधि कैद सजायको फैसला भएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell