नागरिकतासम्बन्धी कानुनको विरोधमा भएको प्रदर्शनमा परी भारतमा आज थप दुई जनाको मृत्यु भएको छ। ढुंगा बोकेका प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा २ जनाको मृत्यु भएको हो। जारी प्रदर्शनमा ८ जनाको मृत्यु भइसकेको बताइएको छ।
उत्तरी भारतका विभिन्न शहरमा आज पनि कर्फ्यु लगाइएको छ भने इन्टरनेट सेवा पनि बन्द गरिएको रोयटर्सले जनाएको छ। प्रदर्शनकारीले दिल्लीको जामे मस्जिद अगाडि धर्ना दिइरहेका छन्। शुक्रवारको प्रार्थनापछि प्रर्दशनकारीले मस्जिदमा धर्ना दिएका हुन्।
हिन्दु राष्ट्रवादी सरकारले नागरिकता सम्बन्धी विधेयकलाइ संसदबाट पारित गरेसँगै मुस्लिम समुदायमाथि अन्याय भएको भन्दै हिंसा भडकिएको हो। उत्तर प्रदेशका १७ जिल्लामा यस कानुनको विरोधमा प्रदर्शन भइरहेको छ। फिरोजाबादमा प्रदर्शनकारीले एक प्रहरी चौकी जलाइदिएको बताइएको छ।
प्रहरीले ३ हजारभन्दा बढीलाइ हिरासतमा लिएको छ। २० जिल्लामा इन्टरनेटसमेत बन्द गरिएको छ। आसामका मुख्यमन्त्री सर्वनाद सोनवाल भाषा र संस्कृति कसैको पनि हनन् नहुने र आफु प्रर्दशनकारीसँग कुराकानी गर्न चाहिरहेको प्रतिक्रया दिएका छन्।
यस्तै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले प्रधानमन्त्री नरेन्द्र मोदीलाइ संयुक्त राष्ट्रसंघको निगरानीमा जनमत संग्रह गर्न चुनौति दिएकी छिन्।