PahiloPost

Sep 11, 2026 | २६ भदौ २०८३

बेलायती प्रधानमन्त्री जोन्सन आफ्ना सेनालाई खान पस्कँदै



बेलायती प्रधानमन्त्री जोन्सन आफ्ना सेनालाई खान पस्कँदै
फोटो : REUTERS

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो सेनालाई क्रिसमस खान पस्केन एस्टोनिया पुगेका छन्। युरोपेली देश एस्टोनियामा नेटो मिसनको भ्रमणको क्रममा जोन्सोन राजधानी तल्लिन नजिकै रहेको बेलायती सेनाको क्याम्प पुगेर आफ्ना सेनालाई खान पस्केका थिए।

जोन्सोनले आज उक्त क्याम्प पुगेर खान सर्भ गर्ने क्रममा एप्रोनसमेत लगाए र खान पस्केर खुवाउन भ्याए। क्याम्पमा क्विन रोयल हसर रिजिमेन्टका ८५० सेना कार्यरत रहेको बताइएको छ।

जोन्सोनले यो भ्रमणमा सेनासँग खान खाने र क्याम्प घुम्ने कार्यक्रमसमेत रहेको छ। उनले त्यहाँ कार्यरत सबैलाई धन्यवादसमेत दिएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell