PahiloPost

May 15, 2024 | २ जेठ २०८१

नेपाल एपिएफ स्कुल छात्रावासको डेप्युटी चिफ मिसन डा अजय कुमारले गरे उद्घाटन



नेपाल एपिएफ स्कुल छात्रावासको डेप्युटी चिफ मिसन डा अजय कुमारले गरे उद्घाटन

काठमाडौं : नेपाल सशस्त्र प्रहरी बल (एपिएफ) स्कुल छात्रावासको निर्माण सम्पन्न भएको छ। भारतको सहयोगमा निर्माण भएको सो छात्रावासको आज भारतीय दूतावासका विशेष प्रतिनिधि डेप्युटी चिफ मिसन डा अजय कुमारले उद्घाटन गरेका हुन्।

सो छात्रावासको शिलान्याश २०७१ साल असारमा भएको थियो। तत्कालिन भारतीय राजदूत रणजित रायले छात्रावासको शिलान्यास गरेका थिए। छात्रावास निर्माणका लागि भारतीय दूतावासले चार करोड ८६ लाख रुपैयाँ सहयोग गरेको थियो। छात्रावास निर्माणपछि विद्यार्थीहरुलाई पठनपाठनमा अझ सहज हुने विश्वास लिइएको छ।

नेपाल एपिएफ स्कुल सशस्त्र प्रहरी बल कल्याणकारी सेवामार्फत सञ्चालन भइरहेको छ। विस २०६२ सालमा स्थापना भएको सो स्कुलमा सशस्त्र प्रहरीका कर्मचारी तथा सर्वसाधारणका छोराछोरीहरुले पूर्ण आवासीय सुविधासहित पठनपाठन गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell